काठमाडौं, ९ जेठ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार सुन प्रतितोलामा १७ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।