काठमाडौं, १५ जेठ । बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको तोलामा १६ सय रुपैयाँले घटेर १ लाख ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।