काठमाडौं, २१ जेठ । बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार २ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।