काठमाडौं, २५ जेठ । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ३ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदी उच्च मूल्यबाट घटेको छ । शुक्रबार प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी हालसम्मकै उच्च मुल्यमा कारोबार भएको थियो ।