काठमाडौं, २६ जेठ । चार दिन यता लगातार घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । सोमबार नेप्से परिसूचक २३ दशमलव १९ अङ्कले बढेको हो । यो वृदिसँगै परिसूचक २ हजार ६ सय ५३ दशमलव ०९ को विन्दुमा बन्द भएको छ ।
आज परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । आइतबार ९ अर्ब १३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ७५ लाख १ हजार ८०२ कित्ता शेयर ७८ हजार ४८ पटक किनबेच भएको छ ।
सोमबार ३२४ धितोपत्र कारोबारमा आए, जसमध्ये १९१ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ५६ धितोपत्रको मूल्य घटेको छ भने एउटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० वटा समूहको उपसूचक बढदा ३ समूहको उपसूचक बढेको छ । यस दिन अन्य समूहको उपसूचक सबैभन्दा धेरै २.६३ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावरको २.३५, लगानी समूहको १.१४, फाइनान्सको ०.५९, माइक्रोफाइनान्सको ०.४८, निर्जीवन बीमाको ०.४४, बैंकिङ समूहको ०.४३, उत्पादनमुलक समूहको ०.२०, विकास बैंकको ०.१७ र म्युचुअल फन्ड समूहको उपसूचक ०.०७ प्रतिशतले बढेको छ ।
यस दिन व्यापार समूहको ०.४४, जीवन बीमाको ०.०९ र होटल एन्ड टुरिजम समूहको उपसूचक ०.२५ प्रतिशतले घटेको छ ।
सोमबार मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, डोल्टी पावर कम्पनी र बिन्ध्यवासिनी हाइड्रोपावर डिभलपमेन्टको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै बुटवल पावर कम्पनीको ९.८३, मायाखोला हाइड्रोपावरको ९.७४, रवा इनर्जीको ९.१८, घलेम्दी हाइड्रोपावरको ९.०१ र नेपाल माइक्रो यन्स्योरेन्सको ७.२७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज भूगोल इनर्जी डिभलपमेन्ट कम्पनीको ७.४७, मिथिल्ला लघुवित्त वित्तीय संस्थाको ५.२३, सप्तकोशी विकास बैंकको ५.११, मानुषी लघुवित्तको ३.०५ र नादिप लघुवित्तको २.८५ प्रतिशतले शेयर मूल्य घटेको छ ।