काठमाडौं, ८ असार । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३२ दशमलव १६ अङ्कले घटेर दुई हजार ५९६ दशमलव ७४ बिन्दुमा कायम भएको हो ।
आज २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा ११ अर्ब २३ करोड १४ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज २३ धितोपत्रको शेयर मूल्य बढ्दा २२५ को घटेको छ । यसदिन कुल ३१० धितोपत्र कारोबारमा आएका छन् ।
आइतबार सबै समूहको उपसूचक घटेको छ । यसदिन होटेल तथा पर्यटन सर्वाधिक ३ दशमलव ०५ प्रतिशतले घटेको छ ।
यस्तै हाइड्रोपावर २ दशमलव ६९, व्यापार १ दशमलव ६४, उत्पादन तथा प्रशोधन १ दशमलव १४, फाइनान्स १ दशमलव १२, माइक्रोफाइनान्स १ दशमलव ०६, जीवन बीमा शून्य दशमलव ९८, विकास बैंक शून्य दशमलव ९७, लगानी शून्य दशमलव ९४, बैंकिङ शून्य दशमलव ६८, अन्य शून्य दशमलव ४८, म्युचुअल फण्ड शून्य दशमलव ३१ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ५ प्रतिशतले ह्रास आएको छ ।
आज जोशी हाइड्रोपावर ९ दशमलव ९८, सप्तकोशी डेभलपमेन्ट बैंक ५ दशमलव ६ र गुराँस लघुवित्तको शेयर मूल्य ३ दशमलव ४ प्रतिशतले बढेको छ ।
आज पियोर इनर्जीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको । यस्तै यूनियन हाइड्रोपावर ६ दशमलव ५४, कर्पोरेट डेभलपमेन्ट बैंक ५ दशमलव ८४, राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन ५ दशमलव ७३ र भुगोल इनर्जीको शेयर मूल्य ५ दशमलव ६९ प्रतिशतले ह्रास आएको छ ।