काठमाडौं, ९ असार । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले आगामी आर्थिक वर्ष (आव) २०८२/०८३ को बजेट पारितको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ ।
सरकारद्वारा गत जेठ १५ गते संघीय संसद्मा पेस गरिएको आगामी आवको बजेट पारित गर्ने कार्यसूची छ ।
एमाले मुख्य सचेतक महेश बर्तौलाले ह्वीप जारी गरी सांसदहरूलाई अनिवार्य बैठकमा उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न भनेका छन् ।