काठमाडौं, १२ असार । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला २ हजार १४० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले बढेर २ हजार १७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।