काठमाडौं, २९ असार । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला २ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर २ हजार २८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।