काठमाडौं, ३१ असार । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा स्वतः निलम्बन भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेसँगै ओझा स्वतः निलम्बनमा परेका हुन् ।
बीमा ऐन २०७९ को दफा १२(३) अनुसार छानबिन समिति गठन भएपछि छानबिन प्रक्रिया पूरा नहुँदासम्म अध्यक्ष वा सदस्य स्वतः निलम्बनमा पर्ने व्यवस्था छ । सोही आधारमा ओझा निलम्बनमा परेका हुन् ।
मन्त्रिपरिषद्ले ओझाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै छानबिन समिति बनाउने निर्णय गरेको हो । छानबिन समिति अध्यक्ष गिरीको संयोजकत्वमा अन्य दुई सदस्यसहित गठन गरिएको छ ।