काठमाडौं, ४ साउन । कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ३२ अङ्कले बढेर दुई हजार ८७० दशमलव ९५ बिन्दुमा कायम भएको हो ।
आज ५ करोड १६ लाख ८३ हजार ३८५ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार हुँदा १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज १०५ धितोपत्रको शेयर मूल्य बढ्दा १४४ को घटेको छ । यसदिन कुल ३१६ धितोपत्र कारोबारमा आएका छन् ।
आइतबार अन्य ३ दशमलव ३६, निर्जीवन बीमा १ दशमलव ३७, होटेल तथा पर्यटन १ दशमलव २४, जीवन बीमा १ दशमलव ४, म्युचुअल फण्ड शून्य दशमलव २५ प्रतिशतले बढेको छ ।
यसदिन फाइनान्स २ शदमलव २६, बैंकिङ १ दशमलव ३८, उत्पादन तथा प्रशोधन १ दशमलव १२, हाइड्रोपावर शून्य दशमलव ४२, लगानी शून्य दशमलव १६, विकास बैंक शून्य दशमलव ०८, व्यापार शून्य दशमलव ५ र माइक्रोफाइनान्स शून्य दशमलव ०२ प्रतिशतले घटेको छ ।
आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा उन्नति सहकार्य लघुवित्त र सान्भी इनर्जी रहेका छन् । यस्तै शिव श्री हाइड्रोपावर र ट्रेड टावर ९ दशमलव ९८ तथा बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्टको शेयर मूल्य ९ दशमलव ९५ प्रतिशतले बढेको छ ।
आज समृद्धि फाइनान्स ८ दशमलव ८८, दोर्दी खोला जल विद्युत् ४ दशमलव ६१ र पञ्चकन्या माइ हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ५१ प्रतिशतले ह्रास आएको छ ।