काठमाडौं, ५ साउन । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा चार सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । हिजो आइतबार प्रतितोला २ हजार २८५ रुपैयाँ कायम भएको मूल्यमै आज पनि कारोबार भइरहेको महासंघले जनाएको छ ।