काठमाडौं, ५ साउन । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक २१ दशमलव ७६ अङ्कले बढेर दुई हजार ८९२ दशमलव ७२ बिन्दुमा कायम भएको हो ।
आज ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज १५३ धितोपत्रको शेयर मूल्य बढ्दा ९६ को घटेको छ । यसदिन कुल ३११ धितोपत्र कारोबारमा आएका छन् ।
सोमबार १३ समूहको उपसूचकमध्ये १२ ओटा उपसूचकको बढेको छ भने फाइनान्स समूहको उपसूचक स्थिर रहेको छ ।
यसदिन माइक्रोफाइनान्स १ दशमलव ९३, अन्य १ दशमलव ८४, विकास बैंक १ दशमलव ४२, निर्जीवन बीमा १ दशमलव २७, बैंकिङ शून्य दशमलव ४८, हाइड्रोपावर शून्य दशमलव ४६, व्यापार शून्य दशमलव ४३, लगानी शून्य दशमलव ३७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३७, म्युचुअल फण्ड शून्य दशमलव १९, होटेल तथा पर्यटन शून्य दशमलव ३ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०२ प्रतिशतले बढेको छ ।
आज थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन ट्रेड टावर र सान्भी इनर्जी ९ दशमलव ९८, उन्नति सहकार्य लघुवित्त ९ दशमलव ४ र फस्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर मूल्य ८ दशमलव ९९ प्रतिशतले बढेको छ ।
आज ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक ९ दशमलव ९६ र सिन्धु विकास बैंकको शेयर मूल्य ६ दशमलव ३६ प्रतिशतले ह्रास आएको छ ।