काठमाडौं, ६ साउन । गत आर्थिक वर्ष (आव) २०८१/८२ मा साढे ३५ रुपैयाँको स्मार्टफोन आयात भएको छ ।
भन्सार विभागका अनुसार गत साउनदेखि असारसम्ममा नेपालमा ३५ अर्ब ५४ करोड ७३ लाख बराबरको स्मार्टफोन भित्रिएको हो । मोबाइल फोन डिजिटल पहुँचको प्रमुख साधनका रूपमा स्थापित भएसँगै आयात दरमा पनि निरन्तर बढेको देखिन्छ ।
गत आवमा २१ लाख ८४ हजार ६९४ ओटा स्मार्टफोन आयात गरिएको छ । यसबाट सरकारलाई ६ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ राजस्व प्राप्त भएको तथ्याङ्क छ ।
सो अवधिमा नेपालबाट भने एउटा मात्र स्मार्टफोन निकासी गरेको छ । जसको १ लाख ७० हजार रुपैयाँ रहेको छ ।