काठमाडौं, ८ भदौ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला २ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।