काठमाडौं, ७ असोज । मंगलबर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ५८ दशमलव ६३ अङ्कले बढेर दुई हजार ६८२ दशमलव २५ बिन्दुमा कायम भएको हो ।
आज १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २९ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार ९ अर्ब १७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज २३८ धितोपत्रको शेयर मूल्य बढ्दा १४ को घटेको छ । यसदिन कुल ३२८ धितोपत्र
मंगलबार सबै समूहको उपसूचक बढेको छ । यसदिन निर्जीवन बीमा समूहको उपसूचक सर्वाधिक ३ दशमलव प्रतिशतले बढेको छ ।
यस्तै हाइड्रोपावर ३ दशमलव ३, विकास बैंक २ दशमलव ९५, होटेल तथा पर्यटन २ दशमलव ७८, माइक्रोफाइनान्स २ दशमलव ५४, अन्य २ दशमलव ५१, जीवन बीमा २ दशमलव ३१, फाइनान्स २ दशमलव १२, व्यापार १ दशमलव ८३, लगानी १ दशमलव ६६, बैंकिङ १ दशमलव ३८, उत्पादन तथा प्रशोधन १ दशमलव १२ र म्युचुअल फण्ड समुहको उपसूचक शून्य दशमलव ६३ प्रतिशतले बढेको छ ।
आज पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर डेभलपमेन्ट, नारायणी डेभलपमेन्ट बैंक, एशियन हाइड्रोपावर र सन्धिु विकास बैंक रहेका छन् ।
आज प्रभु स्मार्ट फण्ड ४ दशमलव ३, एनआइबीएल स्टाबल फण्ड ३ दशमलव ६७, लक्ष्मी भ्यालु फण्ड ३ दशमलव ३२ र हिमालयन (८०२०)को शेयर मूल्य २ दशमलव ९७ प्रतिशतले ह्रास आएको छ ।