काठमाडौं, ७ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीलाई असोज मसान्तसम्म नविकरण शुल्क बुझाउन निर्देशन दिएको छ । नेप्सेले मंगलबार सूचना निकाल्दै आर्थिक वर्ष २०८२/८३ को धितोपत्रको वार्षिक नवीकरण शुल्क यही असोज मसान्तभित्र बुझाउन भनेको हो ।
तोकिएको अवधिमा नविकरण शुल्क नबुझाए नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने तथा धितोपत्र सूचीकरण स्थगन गर्न सक्ने नेप्सेले जनाएको छ ।
चुक्ता पुँजी ५० करोडसम्म भएका कम्पनीलाई वार्षिक नविकरण शुल्क ५० हजार र ५० करोड रुपैयाँभन्दा धेरै चुक्ता पुँजी भएका कम्पनीलाई १ लाख रुपैयाँ तोकिएको छ ।
त्यस्तै, डिवेन्चर÷म्युचुअल फण्ड (सामुहिक लगानी कोषको लागि ५० करोडसम्म चुक्ता पुँजी भएकाहरुले २५ हजार र सो भन्दा बढी भएकाहरुले ५० हजार रुपैयाँ नवीकरण शुल्क तिर्नुपर्ने सूचनामा उल्लेख छ ।