काठमाडौं, ८ असोज । बुधबर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक २७ दशमलव ८९ अङ्कले बढेर दुई हजार ६५४ दशमलव ३५ बिन्दुमा कायम भएको हो ।
आज ९४ लाख ८ हजार ६६३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १२ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ५ अर्ब २९ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ५३ धितोपत्रको शेयर मूल्य बढ्दा १९३ को घटेको छ । यस्तै ५ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३१७ धितोपत्र कारोबारमा आएका छन् ।
बुधबार १३ समूहको उपसूचकमध्ये ११ को घटेको छ भने दुई उपसूचक मात्र बढेको छ । यसदिन होटेल तथा पर्यटन शून्य दशमलव ८५ म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छ ।
अन्य २ दशमलव १६, व्यापार १ दशमलव ६५, निर्जीवन बीमा १ दशमलव ४४, फाइनान्स १ दशमलव ३९, विकास बैंक १ दशमलव १३, लगानी १ दशमलव ९, हाइड्रोपावर शून्य दशमलव ९६, माइक्रोफाइनान्स शून्य दशमलव ८४, बैंकिङ शून्य दशमलव ७३, जीवन बीमा शून्य दशमलव ५२ र उत्पादन तथा प्रशोधन समुहको उपसूचक शून्य दशमलव ११ प्रतिशतले बढेको छ ।
आज तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा सिटी होटल, माथिल्लो मेलुङ खोला जलविद्युत् र हिम स्टार ऊर्जा रहेका छन् । यस्तै सिटिजन्स म्युचुअल फण्ड ७ दशमलव ९४ र भिजन लुम्बिनी ऊर्जाको शेयर मूल्य ७ दशमलव ९३ प्रतिशतले बढेको छ ।
आज उन्नती सहकार्य लघुवित्त ५ दशमलव ३८, राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन ४ दशमलव ६३, बुटवल पावर ४, कर्पोरेट डेभलपमेन्ट बैंक ३ दशमलव ९७ र एशियन हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ९२ प्रतिशतले ह्रास आएको छ ।