काठमाडौं, ९ असोज । नेपाली बजारमा बिहिबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यबाट घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार ७ सय रुपौयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुन प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला २ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।