काठमाडौं, २२ असोज । केही दिनयता सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउँदै बढिरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ६ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला २ लाख ३५ हजार ४०० सय रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड बनाएको थियो, यो रेकर्ड आजै तोडिएको हो ।
यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला २ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी २ हजार ९५५ कारोबार भइरहेको महासंघले जनाएको छ ।