काठमाडौं, १९ कात्तिक । नेपाली बजारमा केही दिन घटिरहेको सुनका मूल्य आज भने सामान्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार सुन १४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी पनि बढेको छ । बुधबार प्रतितोला २ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
