काठमाडौं, २ पुस । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार भईरहेको छ । मंगलबार प्रतितोला ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसअघि गत बुधबार चाँदी ३ हजार ९०५ रुपैयाँको रेकर्ड बनेको थियो ।
