काठमाडौं, ३ मंसिर । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । आज नेप्से परिसूचक शून्य दशमलव १० दशमलव ६६ अङ्कले घटेर दुई हजार ६१५ दशमलव ०३ बिन्दुमा कायम भएको हो ।
आज १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज ६३ धितोपत्रको शेयर मूल्य बढ्दा १९४ को घटेको छ । यस्तै २ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३२९ धितोपत्र कारोबारमा आएका छन् ।
बिहीबार १३ समूहको उपसूचकमध्ये १० वटाको घट्दा २ उपसूचक मात्र बढेको छ । यसदिन होटेल तथा पर्यटन समूह भने स्थिर रह्यो ।
व्यापार शून्य दशमलव ४८ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव २२ प्रतिशतले बढेको छ ।
यसैगरी फाइनान्स १ दशमलव ५३, अन्य १ दशमलव १९, जीवन बीमा शून्य दशमलव ६७, हाइड्रोपावर शून्य दशमलव ५५,माइक्रोफाइनान्स शून्य दशमलव ४९, लगानी शून्य दशमलव ४१, म्युचुअल फण्ड शून्य दशमलव ३२, बैंकिङ शून्य दशमलव २२, उत्पादन तथा प्रशोधन शून्य दशमलव १७, विकास बैंक समूहको उपसूचक शून्य दशमलव १२ प्रतिशतले घटेको छ ।
आज दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा एसवाइ प्वानेल र स्वस्थिक लघुवित्त रहेका छन् । यस्तै सिन्धु विकास बैंक ९ दशमलव ५६ र सीवाइसी नेपाल लघुवित्तको शेयर मूल्य ४ दशमलव ८७ प्रतिशतले बढेको छ ।
यसैगरी बारही हाइड्रोपावर पब्लिक ४ दशमलव ७६, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ३ दशमलव १३, एनएमबी (५०) ३ दशमलव ०५, मोदी इनर्जी ३ दशमलव ०२ र सुपर माइ हाइड्रोपावरको शेयर मूल्य २ दशमलव ७१ प्रतिशतले ह्रास आएको छ ।
