काठमान्डौँ, २६ माघ नेपाल आयल निगममा कार्यकारी निर्देशक बन्नका लागि आवेदन दिएकाहरुको अन्तर्वार्ता तथा प्रस्तुति आगामि फागुन पहिलो सातादेखि सुरु हुने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार फागुन २ देखि ५ गतेसम्म उम्मेदवारहरुको अन्तर्वार्ता तथा प्रस्तुति हुने भएको हो ।
मन्त्रालयले बिहान ७ बजेदेखि अन्तर्वार्ता तथा प्रस्तुतीकरण हुने बताएको छ । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि डा. उत्तरकुमार रेग्मी, ई. कमलेन्द्रलाल कर्ण, ई. डा डोलप्रसाद चापागाईं र ई. सहदेव चन्द प्रतिस्पर्धामा छन् ।
त्यस्तै पंकजकुमार दास, रामदेव यादव, सञ्जिवकुमार देव, दिलीप शेखर श्रेष्ठ, माधव रेग्मी, चण्डिकाप्रसाद भट्ट, बसन्तकुमार पाण्डे, डोलिन्द्रप्रसाद शर्मा र शत्रुघ्नप्रसाद पुडासैनी प्रतिस्पर्धामा रहेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयले दरखास्त दिएकाको सूची माघ ३ गते स्वीकृत गरी प्रकाशन गरेको थियो ।