काठमाडौं, २६ माघ । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)को एसिया प्रशान्त विभागको उपप्रमुख एनी–मेरी गुल्डे वुल्फ र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विच भेटवार्ता भएको छ । भेटवार्तामा वित्तीय क्षेत्रको अवस्था र नेपालको अर्थतन्त्रको बारेमा छलफल भएको स्रोतले बताएको छ ।
आईएमएफ को एसिया प्रशान्त विभागको उपप्रमुखे वुल्फ नेपाल भ्रमण आएकी छन् ।
कोषको वासिङ्टनस्थित कार्यालयबाट नेपालसहित दक्षिण एसियाली देशमा हुने काम–कारबाही सुक्ष्म रुपमा हेर्ने वुल्फ नेपाल सरकारले कोषसँग विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा आर्थिक तथा वित्तिय क्षेत्रमा सुधार गर्ने गरी जनाएका प्रतिवद्धताको अवस्थाका विषयमा जानकारी लिन नेपाल भ्रमणमा आएकी हुन् ।
ईसीएफको चौथो किस्ता निकासा गर्नुअघि कोषका तर्फबाट आगामी मेमा हुने विस्तृत मूल्यांकन पूर्व कोषको उच्चस्तरीय भ्रमण भएको हो । भम्रण टोलीमा नेपालका लागि आईएमएफ मिसन चिफ टिडिएन किन्डासमेत छन् ।