काठमाडौं, २९ माघ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई मोसो दलिएको छ ।
सोमबार बिहान एक समूहले कार्यालय प्रवेश गर्ने क्रममा १० बजे गेटमा रिजाललाई मोसो दलिएको हो । सवारी लाइसेन्समा घोटाला गरेको आरोप लगाउँदै उनलाई मोसो दलिएको हो ।
सवारी लाइसेन्स घोटालाको छानबिन उनी स्वयंले गराएका थिए। विभागको छानबिनबाट १० वर्षमा एक लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको भेटिएको थियो ।
अनियमिततामा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सिआइबीले छुट्टाछुट्टै रूपमा अनुसन्धान गरिरहेका छन् ।