सरकारले फागुन १ गते अर्थात (भोली) सार्वजनिक बिदा नरहेको बताएको छ ।
सोमबार गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले फागुन १ मा सार्वजनिक बिदा कायम नरहेको जानकारी दिएका हुन् ।
१ फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि गृह मन्त्रालयले अदालतको फैसला अनुसार बिदा कायम नरहेको जनाएको हो ।
अघिल्लो वर्ष ’जनयुद्ध दिवस’ का अवसरमा फागुन १ मा सार्वजनिक बिदा दिएको थियो ।