काठमाडौं, ०१ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन् ।
मंगलबार माओवादी केन्द्रले आयोजना गरेको २९औँ जनयुद्ध दिवसको उद्घाटपछि शुभकामना व्यक्त गर्दै परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरूलाई आरोपित गर्ने अधिकार कसैलाई पनि नभएको उल्लेख गरेका हुन । उनले भने,‘प्रचण्डले भने, ‘एकै मोर्चा र केन्द्रमा एकताबद्ध हुन आग्रह गर्दछु । ढिलो नगरी आउनुहोस् बसौँ, समीक्षा गरौँ। नयाँ लहर सिर्जना गरौँ। माओवादी युद्धका सहयात्रीहरू आउनुहोस् । यो मोर्चालाई एकताबद्ध गरौँ ।’
यस्तै उनले सामाजिक न्याय र सुशासन कायम गरेर अगाडि बढ्ने अवसर भएको बताउँदै संकल्प गर्ने यस दिनमा सबै एकताबद्ध हुन अपिल गरेका थिए ।
नेपालको इतिहासको जनयुद्धको दूरगामी महत्त्व रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरू अगाडि बढेको र सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गरे।
सरकारले बिदा नदिए पनि क्रान्तिकारीहरूले यस बिदालाई भव्य रूपमा मनाउने बताउँदै यस दिनलाई उच्च सम्मान गर्नुपर्ने उनले बताए ।