सुनिता सुबेदी
काठमाडौं, ०१ फागुन । नेपालको पर्यटन प्रबर्धनमा योगदान पु¥याउने व्यक्ति तथा सस्थाहरु मध्येबाट नेपालमै पहिलो पटक टुरिजम हिरो अवार्डस् २०२४ आयोजना हुने भएको छ । नेपालको पर्यटन क्षेत्रका विविध आयामहरुमा आफुलाई सहभागी गराई पर्यटन प्रबर्धनमा योगदान पु¥याउँदै आएको ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले उक्त अवार्डस्को आयोजना गर्न लागेको हो ।
आगामि मार्च १९मा काठमाडौंमा आयोजना हुने एक भब्य समारोहमा अवार्डस् विजेताहरुलाई अवार्डस् ट्रफी हस्तान्तरण गरिने छ ।
विभिन्न ३१ विधामा टुरिजम हिरो अवार्डको नोमिनेसन मंगलबारबाट नै खुल्ला गरिएको छ । होटलतर्फका १४ र पर्यटनका अन्य १७ विधा गरि कुल ३१ विधामा पाँच सयभन्दा बढीको प्रतिस्पर्धा हुने अनुमान छ ।
टुरिजम हिरो अवार्डस्को २०२४ को आधिकारिक वेभसाइट टुरिजम हिरो डट ओआरजीमा जोकोहीले वृस्तृत विवरण भरी नोमिनेसन फाइल गर्न सक्ने छन् । प्राप्त नोमिनेसन मध्येबाट पूर्ण र आधिकारिक विवरणहरु भरिएका नोमिनेसनहरुलाई सर्टलिष्ट गरि भोटिङका लागि योग्य बनाइनेछ । प्राप्त सर्वसाधरणको भोटको आधार विजेता घोषणा गरि टुरिजम हिरो अवार्डस् ट्रफी हस्तान्तरण गरिने छ । यो सम्पूर्ण प्रक्रिया वेभमा आधारित र निःशुल्क हुने जनाइएको छ ।
अवार्डमा समोवेश हुने क्याटगोरीमा पर्यटनतर्फबाट बेस्ट ट्राभल एजेन्सि अफ द इअर, बेस्ट ट्राभल एजेन्सि अफ द इअर होलिडे, बेस्ट ट्राभल एजेन्सि अफ द इअर इन्बाउण्ड, बेस्ट टेक्नोलोजी फर ट्राभल एन्ड टुरिजम, सिइओ अफ द इअर – हस्पिटालिटी लगायतका १७ वटा विधा छन् ।
यस्तै हेटल तर्फबाट बेस्ट होटल अफ द इअर (फाइभ स्टार,फोर स्टार, थ्रि स्टार ), बेस्ट रिसोर्ट अफ द इअर, बेस्ट बुटिक होटल अफ द इअर, बेस्ट होटल–टुरिस्ट स्टान्डर्ड नन् स्टार लगायतका १४ विधा रहेका छन् ।
टुरिजम हिरो अवार्ड २०२४को आयोजक ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलका अध्यक्ष धर्मेन्द्र साप्कोटाले आयोजित पत्रकार सम्मेलनमा अवार्ड विशुद्ध पर्यटन प्रबर्धनमा योगदान योगदान पु¥याउने व्यक्ति तथा सस्थालाई प्रोत्साहित गर्ने उदेश्यले आयोजना गरिएको बताए । यस्तै सप्कोटाले उक्त आयोजनालाई विवादमा आउने कुनै पनि काम नगर्ने नगराउने प्रतिवद्धता व्यक्त गरे ।