काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेड चालू आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमाससम्म १ करोड ८६ लाख रुपैयाँ घाटामा रहेको छ ।
कम्पनीले हाल ३७ मेगावाटको त्रिशुली बीथ्री हाईड्रो इलेक्ट्रिक प्रोजेक्ट आयोजना गरिरहेकाले विद्युत बिक्रीबाट आम्दानी गरेको छैन भने अन्य आम्दानीे ३ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ ।
कम्पनीको कर्मचारी खर्च रु.१ करोड १९ लाख प्रशासनिक तथा सामान्य खर्च रु.५८ लाख ६८ हजार रहेकोे छ ।
पुससम्ममा कम्पनीको नगद मौज्जाद रु.१५ करोड ९५ लाख र कर्जा रु.३ अर्ब ७१ करोड छ । कम्पनीको कुल चालू सम्पत्ति रु.४८ करोड ७४ लाख र कुल चालू दायित्व रु.२१ करोड २५ लाख रहेको छ ।
दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) १ दशमलव ०१ रुपैयाँ ऋणात्मक छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ८४ दशमलव ६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९६.१८ गुणा ऋणात्मक अवस्थामा छ ।