काठमाडौं, ०२, फागुन । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपाल कुवेतसँग ८ विकेटको विजयी भएको छ । नेपाल बुधबार खेलिएको क्वार्टरफाइनल खेलमा कुवेतलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
वर्षाले खेल प्रभावित भएपछि जितक लागि ५० रनको लक्ष्य पाएको नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टाएको थियो ।
नेपाललाई जिताउन कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाएकी थिइन भने सीता राना मगर १७ रनमा आउट भएकी थिइन ।
यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको थियो । तर बीचमा वर्षाले खेल रोकिएपछि नेपालले १२ ओभरमा ५० रन बनाउनु पर्ने लक्ष्य पाएको थियो । जुन नेपालले सहजै भेट्टायो ।