काठमाडौं, ०२ फागुन । बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक बढेर २ हजार ७६ दशमलव ५० बिन्दुमा पुगेर बन्द भएको छ ।
३ सय २ कम्पनीको कारोवार हुँदा १ सय ३१ कम्पनीको शेयर बजार बढेको छ । त्यस्तै १ सय १२ कम्पनीको घटेको छ भने ४ कमपनीको शेयर बजार स्थिर छ । १ करोड २३ लाख ६३ हजार शेयर कित्ता शेयर किनबेच हुँदा ४ अर्व २५ करोड २७ लाखभन्दा धेरैको कारोबार भएको छ ।
आज ७ वटा उपसमुहको शेयर बढेको छ भने ६ वटाको घटेको छ । विकास बैंक, वित्त, उत्पादनमूलक, लघुवित्त, म्यूचुअल फण्ड, निर्जीवन बीमा समूह र अन्य समूहको सुूचकमा वृद्धि भएको छ भने बैंक, होटल र टुरिजम, लगानी र जीवन बीमा समूह र व्यापार समूहको सूचक घटेको छ ।
बुधबार सबैभन्दा बढी कमाउने कम्पनी नेपाल फाइनान्स लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड रहेको छ । तिनवटै कम्पनीको कारोबार १० प्रतिशतले बढेको छ । यस्तै दोस्रोमा रहेको समाज लघुवित्त वित्तीय संस्था लिमिटेड को काराबार ९ दशमलव ९९ प्रतिशत र जोशी जलविद्युत डेभलपमेन्ट कम्पनी लिमिटेडको ९ दशमलव ९७ प्रतिशतले बढेको छ ।
बुधबार सबैभन्दा बढी पिपुल्स पावर लिमिटेड कम्पनीको ५ दशमलव ८१ प्रतिशतले कारोबारमा ऋणत्मक छ । त्यस्तै एनआईसी एशिया ब्यालेन्स फन्डको ५ दशमलव ७६ प्रतिशत र दोर्दी खोला जल विद्युत कम्पनी लिमिटेडको ५ दशमलव २० प्रतिशतले कारोबारमा ऋणात्मक छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको १७ करोड १७ लाखभन्दा धेरै कारोबार भएको छ ।