काठमाडौं, ०३ फागुन । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुका लागि दुर्घटना बीमा सम्बन्धी सर्कुलर जारी गरेको छ । प्राधिकरणले हाल कार्यन्वयनमा रहेको कृषि पशुपन्छी तथा जडिबुटी बीमालेखहरुमा भएको दुर्घटना बीमा सम्बन्धमा नयाँ व्यवस्था लागु गर्न सर्कुलर जारी गरेको हो ।
प्राधिकरणले कृषि, पशुपन्छी तथा जडिबुटी बीमालेख बमोजिम बीमा गर्ने कृषकले न्यूनतम २ लाख रुपैयाँ बराबरको दुघर्टना बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । दुर्घटना बीमाबापत बीमाशुल्क २ सय रुपैयाँ हुनेछ प्राधिकरणले बताएको छ ।
प्राधिकरणका अनुसार एक वर्षभन्दा कम अवधिको लागि जारी हुने बीमालेखमा समेत दुर्घटना बीमाबापत पुरा बीमाशुल्क लाग्नेछ । एकभन्दा बढीपटक कृषि, पशुपन्छी तथा जडिबुटी बीमालेख लिेन कृषकलाई दुर्घटना बीमा लिन अनिवार्य हुने छैन । तर ,दुर्घटना बीमाको अवधि समाप्त हुनु अगावै कृषकलाई जानकारी गराउने जम्मेवारी बीमकको हुन्छ ।
यस्तै सामूहिक रुपमा गरिएको बीमाको हकमा बीमालेखमा आवद्ध प्रत्येक किसानको छुट्टाटुट्टै दुर्घटना बीमा गर्नुपर्ने र दुर्घटना बीमाबापत लाग्ने बीमाशुल्कमा अनुदान उपलब्ध नहुने प्राधिकरणले बताएको छ ।
बीमलेखमा उल्लेख गरिएको बीमा अवधिभित्र वा बढीमा एक वर्षभित्र देहाएको अवस्था सिर्जना भएमा दुर्घटना बीमाबापत बीमांक रकम बीमकले बीमितलाई भुक्तानी गर्नुपर्नेछ ।