काठमाडौँ,०३ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औँ महाधिवेशन २०८२ मंसिर मसान्तसम्म गर्न प्रस्ताव गरेका छन् । बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको सांगठानिक प्रस्ताव पेस गर्दै महामन्त्री थापाले उक्त प्रस्ताव गरेका हुन् ।
थापाको प्रतिवेदनमा २०८२ साल भदौ मसान्तभित्र प्रदेश सभा क्षेत्रीय अधिवेशन, त्यही वर्षको भदौ मसान्तभित्रै प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र केन्द्रीय महाधिवेशन प्रतिनिधि, केन्द्रीय महासमिति सदस्य चयन गर्न उल्लेख छ ।