काठमाडौं, ०३ फागुन । बिहिबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४६ अङ्कले घटेरे दुई हजार ६२ दशमलव शून्य तीनमा सीमित भएको छ ।
आज एक करोड १४ लाख सात हजार दुई सय ६४ कित्ता शेयर तीन अर्ब ८६ करोड ९१ लाख १८ हजार सात सय ४१ मूल्यमा किनबेच भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा घटेको छ भने एक उपसमूहको शेयर मूल्य बढेको छ ।
सबै भन्दा बढी आज हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । सो कम्पनीको २२ करोड ८५ लाख ७६ हजार दुई सय ६७ बराबरको शेयर कारोबार भएको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ७१ अङ्कले घटेर तीन सय ६८ दशमलव ५६ मा सीमिते छ ।
आज बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । छ्याङदी हाइड्रोपावर आठ दशमलव शून्य एक, जोशी हाइड्रोपावर सात दशमलव ४७ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ३४ प्रतिशतले कमाएका छन् । त्यस्तै मैलुङ खोला जलविद्युत् कम्पनी पाँच दशमलव ७०, प्रोगेसिभ फाइनान्स पाचँ दशमलव ५८, माहुली लघुवित्त पाँच दशमलव ४२, रिभर फल्स पावर पाँच दशमलव १५ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले चार दशमलव ९३ प्रतिशतले कारोबारघटेको छ ।