काठमाडौं, ०४ फागुन । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ करोड ५८ लाख १६ हजार ८ सय २७ रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत आवको सोहि अवधिको तुलनामा ९० दशमलव १५ प्रतिशतले धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले १ करोड ८८ लाख रुपैयाँबराबरको नाफा आर्जन गरेको थियो ।
पुससम्ममा कम्पनीको बिक्री आम्दानी ९३.८६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले बिक्रीबाट ६ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ ।
यस्तै कम्पनीले कर्मचारीतर्फ १७ करोड ५० लाख र प्रशासनिक तर्फ १० करोड ३८ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीको जगेडा कोषको आकार १ अर्ब ३५ करोड रुपैयाँे छ । ६ अर्ब ८७ करोड रुपैयाँ कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व ७ अर्ब ३३ करोड रुपैयाँ छ ।
साथै अघिल्लो आवको दोस्रो त्रैमाससम्म ७ दशमलव ४३ रुपैयाँ रहेको कम्पनीको खुद नाफा प्रतिसेयर बढेर १२ दशमलव ८४ रुपैयाँ कायम भएको छ ।