काठमाडौं, ०४ फागुन । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा मनिष अर्याल चयन भएका छन् । संस्थाको फागुन २ गते बसेको सञ्चालक समितिको मिति बैठकले संस्थाका अध्यक्ष पदमा सञ्चालक मनिष अर्याललाई चयन गरेको हो ।
यस्तै सोहि दिन बसेको सञ्चालक समितिको बैठकले संस्थाका निवर्तमान अध्यक्ष विर बहादुर अधिकारीले दिएको राजीनामा स्वीकृत गरेको छ ।