काठमाडौं, ०४ फागुन । घोराही सिमेन्ट चालू आर्थिक वर्ष (आव)२०८०÷८१को दोस्रो त्रैमाससम्ममा करिब ४२ करोड नजिक घाटामा छ । कम्पनीले शुक्रबार ले चालू आवको पुससम्ममा कुल ४१ करोड ८४ लाख ३८ हजार रुपैयाँ नोक्सानीमा रहेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले गत वर्षको यसै अवधिमा १ करोड ५४ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । उत्पादन बिक्रीबाट हुने आम्दानीमा केही वृद्धि भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सिमेन्ट बिक्रीबाट १ दशमलव ४० प्रतिशतले आम्दानी वृद्धि गरी १ अर्ब ७१ करोड २४ लाख रुपैयाँ पुगेको छ । विवरणअनुसार अन्य आम्दानी १० करोडबाट घटेर ११ लाख रुपैयाँमा सीमित भएको छ भने वित्तीय लागत १९ करोडबाट बढेर २६ करोड पुगेको छ ।