काठमाडौं, ०४ फागुन । ओपन एआईले बिहीबार नयाँ एआई उपकरणको सार्वजनिक गरेको छ । कम्पनीले नयाँ उपकरण सोराको घोषणा गर्दै अक्षरात्मक निर्देशनबाट वास्तविकतासँग निकट रहेका भिडियोहरु निर्माण गर्न सकिने बताएको छ ।
कम्पनीले विभिन्न प्रोम्प्टहरुको प्रयोग गरेर निर्माण गरिएका भिडियोहरु राख्दै यो एआईको घोषणा गरेको हो । एआईले प्रयोगकर्ताले दिने निर्देशन (प्रोम्प्ट)का आधारमा भिडियोहरु निर्माण गर्ने कम्पनीले जनाएको छ । सोराको अर्थ जापानी भाषामा आकास भन्ने हुन्छ ।
सोरालाई हालका लागि प्रारम्भिक परीक्षणकर्ताहरु माझमा मात्रै सार्वजनिक र उपलब्ध गराइएको हो । यो एआईको प्रयोगबाट हुन सक्ने जोखिम र खतराहरुको मूल्यांकनका लागि सुरुवातमा न्यून संख्याका परीक्षणकर्ताहरुका लागि मात्रै यो एआईलाई उपलब्ध गराइएको ओपन एआईले जनाएको छ ।