काठमाडौँ, ०६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार भ्रष्टाचार छानविनका नाममा आफ्नो मान्छेलाई जोगाउनतर्फ केन्द्रित भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा लामिछानेले ललिता निवास, भुटानी शरणार्थी प्रकरणको छानविनमा आफ्नो मान्छेलाई जोगाउने काम भएको बताएका हुन् ।
उनले निर्दोष व्यक्तिविरुद्ध उजुरी मागेर फसाउने तर वरपरका मान्छेलाई नछुने काम भएको जिकिर गरका थिए । नेपाली जनताले भोग्नुपरेको पीडा कसैको सत्ता टिकाउनका लागि आधार बन्न नहुने लामिछानेको धारणा थियो ।
यस्तै लामिछानेले सरकारले भ्रष्टाचारको फाइल खोल्ने भए रास्वपाका मान्छेको फाइल खोल्न खोल्न समेत चूनौति दिएका छन् । उनले बालकुमारी घटनामा सरकारी आयोगले दोषी ठहर गरेका व्यक्तिलाई कारवाही गर्न माग गरेका छन् ।