काठमाडौं, ०७ फागुन । कामना सेवा विकास बैंकले अनलाइनमार्फत खाता खोली ग्राहक पहिचान विवरण (केवाइसी) अद्यावधिक सुविधा दिने भएको छ ।
सुविधा थपिएपछि खाता खोल्न ग्राहक स्वयं उपस्थित हुनु नपर्ने बैंकले बताएको छ । अनलाईन माध्ययमवाट खाता खोल्न सक्ने व्यवस्था यस अघी नै गरिएको भएतापनी ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्नको लागि बैंकमा स्वयं उपस्थित नै हुनुपर्ने व्यवस्था थियो । उक्त प्रविधिलाई थप परिष्कृत बनाउदै ग्राहकहरुले अनलाईन खाता खोल्ने क्रममामाग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरि आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्ने सकिने छ ।
बैंकले अनलाईन खाता खोल्ने प्रकृयाको विस्तृत विवरण समेत सार्वजनिक गरेको छ । उक्त भिडियो बैंकको वेभसाईट तथा अन्य सामाजिक संजालमा राखिएको बैंकले बताएको छ ।
डिजिटल प्रविधीलाई अधिकतम प्रयोग गर्दै आईरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा रहेका १ सय ३५ संजाल तथा ७७ वटा एटिएमवाट आफ्ना अत्याधुनिक सेवा सुविधा प्रदान गर्दै आईरहेको छ ।