काठमाडौं, ०८ फागुन । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
कम्पनीले मंगलबार (आज) देखि बोलकबोलमार्फत नेपाल पुनर्बीमा कम्पनीको संस्थापक बिक्रीमा राखेको हो । सेयर खरिदका लागि नेपाल पुनर्बीमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
सेयरको न्यूनतम प्रतिकित्ता मूल्य रु.२ सय ८० तोकिएको छ । इच्छुक आवेदकले न्यूनतम मूल्यमा नघट्ने गरी आवेदन पेस गर्नसक्छन ।
साथै इच्छुक लगानीकर्ताले आगामी चैत १२ गतेभित्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालमा रहेको कार्यालयमा आवेदन दिनुपर्नेछ ।