काठमाडौं, ०८ फागुन । नेपालको पासपोर्ट विश्वका शीर्ष १० कमजोर पासपोर्टको सूचीमा परेको छ । हेन्ले पासपोर्ट इन्डेक्स २०२४ का अनुसार नेपालको पासपोर्ट १०३ औँ स्थानमा रहेको छ ।
हेन्लेले १९९ देशका पासपोर्टको सूची सार्वजनिक गरेको छ । जसमा नेपालको पासपोर्ट उत्तर कोरिया र बंगलादेशको पासपोर्ट नेपालभन्दा एक स्थानमा माथि १०२ औं स्थानमा रहेका छन् ।
नेपालको पासपोर्ट ७ वटा देशको पासपोर्ट भन्दा मात्रै शक्तिशाली देखिएको छ ।
यस्तै हेन्ले पासपोर्ट इन्डेक्स २०२४ का अनुसार विश्वकै शक्तिशाली पासपार्टमा फ्रान्सको पासपोर्ट रहेको छ । फ्रान्ससँगै शक्तिशाली पासपोर्टको अग्रस्थानमा जर्मनी, इटली,जापान, सिंगाुपर र स्पेनको पासपोर्ट रहेका छन् ।
फ्रान्सको पासपोर्टले १९४ वटा देशमा निःशुल्क भिसा प्रवेश पाइन्छ । त्यस्तै भारतको पासपोर्ट एक स्थान तल खस्दै ८६ औं स्थानमा पुगेको छ ।
यसैगरी सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानकोे छ । त्यसपछि सिरिया,इरान, पाकिस्तान,यमन,सोमालिया,प्यालेस्टाइन र नेपालको पासपोर्ट कमजोर सूचीमा रहेका छन् ।
पाकिस्तानको पासपोर्ट १०६ औं स्थानमा,बंगलादेश १०२ र माल्दिभ्सको पासपोर्ट ५८ औं स्थानमा छ ।