काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार भ्रष्टाचार, अनियमितता र कुशासनको बढवा गर्नतर्फ केन्द्रित भएको बताएका छन् । मंगलबार पार्टी कार्यालयमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकार भ्रष्टाचार, अनियमितता र कुशासनको बढवा गर्नतर्फ मात्रै केन्द्रित भएको बताएका हुन् ।
यस्ते उनले बालकुमारी घटनामा दोषी ठहर भएका भौतिक योजना मन्त्री प्रकाश ज्वालालाई नैतिकता नभएको मन्त्रीका रुपमा टिप्पणी गरेका छन् ।
उनले भने, ‘भ्रष्टाचारमा झण्डा हल्लाउँदै मन्त्री बयान दिने, मानिस मरेको घटनामा मन्त्री दोषी हुने तर मन्त्रीहरुले पद नछोड्ने र प्रधानमन्त्रीले पनि हटाउन नसक्ने । दोषी मन्त्री हो भनेर आयोगले भनेको छ । यस्तो बेला नैतिकता नभएको मन्त्री हुतीहारा प्रधानमन्त्री ।’ उनले सरकार आफैँले बनाएको आयोगले दोषी करार गर्दा समेत त्यस्तो मन्त्री बसिरहन मिल्छ, लोकलाज छैन ? भन्दै प्रश्न गरे ।
यस्तै उनले गिरीबन्धु टिस्टेट जग्गा प्रकरणमा आफ्नो नेतृत्वको सरकारले कुनै पनि हिनामिना नगरेको दाबी गरेका थिए । गिरीबन्धुमा अदालतको आदेश अनुसार कानुनमात्र बनाएको उनको भनाइ थियो ।
साथै अध्यक्ष ओलीले ललिता निवास जग्गा प्रकरण र सुन प्रकरणमा जोडिएका आफू निकटकालाई सरकारले जोगाएकोे बताए । उनले भने, ‘ललिता निवास काण्डमा फ्रम द भेरि विगिनिङ । यो यत्तिकै भयो होला हिनामिना ? वाइडबडीको गर्नुप¥यो नि छानबिन ।’ सरकारका हरेक निकायलाई कमजोर बनाउने काममा सरकार नै लागि रहेको उनको आरोप छ ।