काठमाडौं, ०८ फागुन । मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १ दशमलव ७६ अङ्कले २ हजार ३३ दशमलव ०६ बिन्दुमा पुगेर बन्द भएको छ ।
आज ३ सय १४ कम्पनीको कारोवार हुँदा १ सय ५० कम्पनीको शेयर बजार घटेको छ । त्यस्तै ९० कम्पनीको शेयर बजार बढेको छ भने ९ कमपनीको शेयर बजार स्थिर छ । ९३ लाख ४२ हजार ५ सय ४६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ११ करोड ३५ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहको शेयर बढेको छ भने ८ उपसमूहको घटेको छ । विकास बैंक, वित्त, उत्पादनमूलक, लगानी र अन्य समूहको सुूचकमा वृद्धि भएको छ भने बैंक, होटल र टुरिजम,जलविद्युत, जीवन बीमा समूह, म्यूचुअल फण्ड, निर्जीवन बीमा समूह, लघुवित्त र व्यापार समूहको सूचक घटेको छ ।
आज बोटलर्स नेपाल (बालाजु) लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मुल्यमा १० प्रतिशतले वृदि भई सकारात्मक सर्किट लागेको छ । सिद्धार्थ इन्भेस्टमेन्ट वृद्धि योजना ८ दशमलव २७, पिपुल्स पावर लिमिटेड कम्पनीको ७ दशमलव ९२ र हिमालय रि इन्स्योन्स लिमिटेडले ४ दशमलव ७९ प्रतिशतले कमाएका छन् ।
यस्तै ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको १० प्रतिशत, किसान लघुुबित्त वित्तीय संस्था लिमिटेड ७ दशमलव ७१, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड ४ दशमलव ८३, आशा लघुवित्त वित्तीय संस्था लिमिटेड ४.५७ र सामलिंग पावर कम्पनी लिमिटेडको ४ दशमलव २५ प्रतिशतले कारोबार घटेको छ ।