काठमाडौं, ०९ फागुन । बुधबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक ६ दशमलव ८६ अङ्कले घटेर २ हजार २६ दशमलव ५९ बिन्दुमा पुगेर बन्द भएको छ ।
३ सय १३ कम्पनीको कारोवार हुँदा १ सय ५९ कम्पनीको शेयर बजार घटेको छ । त्यस्तै ८० कम्पनीको बढेको छ भने ९ कमपनीको शेयर बजार स्थिर छ । ६३ लाख ४१ हजार १ सय ७४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये १२ वटा उपसमूहको शेयर घटेको छ भने एउटा उपसमूहको बढेको छ । विकास बैंक, वित्त, लगानीे, बैंक, होटल र टुरिजम,जलविद्युत, जीवन बीमा समूह, म्यूचुअल फण्ड, निर्जीवन बीमा समूह, लघुवित्त र व्यापार समूहको सूचक घट्दा उत्पादनमूलक समूहको बढेको छ ।
आज बोटलर्स नेपाल (बालाजु) लिमिटेड, हिमालय उर्जा विकास कम्पनी लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मुल्यमा १० प्रतिशतले वृदि भई सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल (तराई) लिमिटेडको ९ दशमलव ९९ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ८ दशमलव ५० मलुङ्ग हाइड्रोपावरको ८.११, नेपाल वेयरहाउजिङ कम्पनीको ५ दशमलव ५० प्रतिशतले कमाएका छन् ।
यस्तै पिपुल्स हाइड्रोपावरको ७ दशमलव ८४ प्रतिशत, हिमालय हाइड्रोपावर लिमिटेडको ४ दशमलव २६ र त्रिसुली जलविद्युत कम्पनीको ४ दशमलव २३ प्रतिशतले कारोबार घटेको छ ।