काठमाडौँ, १० फागुन । प्रभु इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि योग्य व्यक्तिको माग गर्दै दरखास्त आह्वान गरेको छ । कम्पनीले आज एक सूचना जाारी गर्दै उक्त आह्वान गरेको हो ।
सिनियर अफिसर (असिस्टेन्ट मेनेजर) का लागि कम्तीमा ब्याचलर डिग्री उत्तीर्ण गरी चार्टर्ड एकाउन्टेन्सी पास गरेको र अफिसरका लागि कम्तीमा ब्याचलर डिग्री उत्तीर्ण गरेको हुनुपर्नेछ । अनुभव भएकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।
उमेरको हदमा भने ३५ वर्ष नकटेको हुनुपर्नेछ । तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र दरखास्त आवेदन पेश गर्नुपर्नेछ ।