काठमाडौं, १० फगुन । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले काठमाडौंमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बिहिबार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरेका छन् ।
बैंकले काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित स्वयम्भू शाखा र काठमाडौं महानगरपालिका वडा नं. १६ स्थित बालाजु शाखा संचालनमा ल्याएकोे हो ।
कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए । बैंकले गत महिना काठमाडौंमा अनामनगर र शंखमुल तथा ललितपुरमा सातदोबाटो र भैंसेपाटी शाखाहरु संचालनमा ल्याएकोे थियो ।
बैंकले हाल देशभरि २ सय ६८ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, १ सय १३ वटा शाखा रहित बैंकिङ र २ सय ६२ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ ।