काठमाडौं, १० फगुन । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेस गरिएका चार वटा प्रस्तावहरु सर्वसम्मतीले पारित भएका छन् ।
उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतीले पारित भएका हुन् ।
महामन्त्री थापाले चारवटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी चारवटै प्रस्ताव सर्वसम्मतिले पारित गएको हो ।