काठमाडौं, ११ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले ९८ जना कर्मचारी माग गरेएको छ । शुक्रबार सूचनामार्फत प्राधिकरणले उक्त संख्यामा कर्मचारी माग गरेको हो ।
प्राधिकरणले चालू आर्थिक वर्ष २०८०÷८१ असार मसान्तसम्म रिक्त हुने पद पूर्तीका लागि आवेदन माग गरिएको बताएको छ । ४३ जना एयर ट्राफिकसहित १०औं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत गरी कर्मचारी माग गरेको हो। आगामी चैत १ गतेसम्म आवेदन दिन सकिने प्राधिकरणले बताएको छ ।